अर्जुन कपूर र ताराले मुम्बईमा शुरू गरे एक भिलेन रिटर्न्सको सुटिङ

अर्जुन कपूर र ताराले मुम्बईमा शुरू गरे एक भिलेन  रिटर्न्सको सुटिङ

ऐजेन्सी, २५ असार । 
सन् २०२२ को फेब्रुअरी १२ मा रिलिज हुने बहुप्रतीक्षित फिल्म एक भिलेन रिटर्न्स
 को सुटिङ शुरु भएको छ ।

कोरोना महामारीका कारण सिनेमाको रिलिज निर्धारित समयभन्दा निकै पछि धकेलिएको छ । भारतमा कोरोना महामारी फैलिएपछि रोकिएको फिल्मको सुटिङ निर्माता मोहित सूरीले पुन: शुरु गरेका छन् ।

नायक अर्जुन कपूर र नायिका तारा सुतारिया अहिले मुम्बईमा  एक भिलेन रिटर्न्सको सुटिङमा व्यस्त छन् ।

एक भिलेन रिटर्न्स को सुटिङ पुन शुरु
फिल्मको निर्धारित समयावधीमा जोन अब्राहम र दिशा पाटनीले एक भिलेन रिटर्न्सका लागि यसअघि नै सुटिङ गरिसकेका छन् भने अहिले सुटिङको तेस्रो सेड्युल अनुसार अर्जुन कपूर र तारा सुतारियाले मुम्बईमा फिल्मका लागि सुटिङ गरिरहेका छन् । 

अर्जुन र ताराले हिजदेखि मुम्बईमा एक भिलेन रिटर्न्सको सुटिङ शुरु गरेका हुन् ।

सेट को एक तस्वीर फिल्मका क्रू ले सामाजिक सञ्जालमा सेयर गरेका थिए । तस्वीरमा मोहित सूरी नयाँ सेटमा सुरक्षा सावधानिका साथ एक सट को निर्देशन गरिरहेका देखिन्छन्। फिल्म निर्माता पक्षले कोरोना महामारीले मध्यनजर गर्दै  सेटमा विशेष स्वास्थ्य सुरक्षा सावधानी अपनाएको जनाइएको छ ।  

मोहित सूरी द्वारा निर्देशित एक भिलेन रिटर्न्स् को निर्माण भूषण कुमार को टी-सीरीज र एकता कपूर को बालाजी टेलीफिल्म्स द्वारा संयुक्त रूपमा निमार्ण भइरहेको छ ।