रुपन्देहीको औषधि उद्योगमा भिषण आगलागी, करोडौको क्षति

रुपन्देहीको औषधि उद्योगमा भिषण आगलागी, करोडौको क्षति

जेठ ६, बुटवल । 
रूपन्देहीको ओमसतिया गाउँपालिका कटैयामा रहेको एसियन फर्मास्युटिकल्स प्रा लि मा भिषण आगलागी भएको छ । 

 एसियन फर्मास्युटिकल्स उद्योगको औषधि भण्डार गर्ने कक्षमा आगोलागी भएको हो । उद्योगले उत्पादन गरेर स्टोर गरी राखेको नयाँ भवनमा  आगलागी हुँदा करोडौको बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

सोमबार दिउँसो करिब ४ बजेको समयमा एक्कासी लागेको आगो राती १० बजे पछि मात्र नियन्त्रमा आएकाले निकै क्षति पुगेको प्रहरीले अनुमान गरेको छ। 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीयबासी, उद्योगका कर्मचारी साथमा रुपन्देही र कपिलवस्तुका सात वटा दमकल परिचालन गरिएको थियो। 

आगो लाग्नुको कारण खुल्न सकेको छैन । आगलागीबाट उत्पादन गरेर बजार पठाउन लागिएका औषधी नष्ट भएको प्रहरीले जनाएको छ ।