घरमै होली मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, जनस्वास्थ्यका मापदण्ड पालना गर्न गृहको पत्राचार

घरमै होली मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, जनस्वास्थ्यका मापदण्ड पालना गर्न गृहको पत्राचार

काठमाडौं, ११ चैत ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस वर्षको होली पर्व भीडभाड नगरी घरमै मनाउन आग्रह गरेको छ । 

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोना संक्रमण कम भएपनि त्यसको जोखिम यथावत नै भन्दै थप सतर्कता अपनाउन आग्रह गरेका छन् । विगत केहि दिनदेखी घटेका कोरोना संक्रमितको संख्या फेरी उकालो लाग्न थालेपछि मन्त्रालयले भीडभाड नगर्न अपील गरेको हो। 

भारतमा कोरोना संक्रमण दिनानुदिन बढ्न थापेपछि गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन तथा भिडभाड, सभा, सम्मेलन नगर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ ।  

यसवर्षको होली पर्व पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदै छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।