सुनको मूल्यमा ७ सयले वृद्धि

सुनको मूल्यमा ७ सयले वृद्धि

काठमाडौं, १३ पुस। 
बजारमा आज सुनको मूल्य प्रतितोला  ७ सयले उकालो लागेको छ । 

शुक्रबार र आइतबार तथष्ट रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २ सय रहेकामा आज प्रतितोला  ९४ हजार ९ सय पुगेको छ ।  यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रहेकामा आज ७ सयले वृद्धि भई  ९४ हजार ४ सयमा कारोवार भएको छ । 

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय १५ मा कारोवार भएको छ । चाँदी आइतबार १ हजार २ सय ८० मा कारोवार भएको थियो ।