ओलीलाई सपथमा बोलाएका मोदीले बोलाएनन् इमरानलाई

ओलीलाई सपथमा बोलाएका मोदीले बोलाएनन् इमरानलाई
तस्विर सौजन्य : freepressjournal

जेठ १४, काठमाडौं ।
आफ्नो दोस्रो कार्यकालका लागि बिहिवार पद तथा गोपनियताको सपथ लिन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै छिमेकी देशका राष्ट्र प्रमुखलाई निम्ता पठाउदा छिमेकी राष्ट्र पाकिस्तानबाट भने पाहुना निम्त्याएका छैनन् । 

मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओली पनि बिहीबार नयाँदिल्ली जाँदैछन्।

लोकसभा चुनावमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलेलाई ट्वीटरमार्फत बधाई  दिएका थिए। 

तीन महिना अघि कस्मिरको पुलवामा आतंकवादी हमला भएपछि भारत-पाकिस्तान सम्बन्ध पुन चिसिएको छ। पछि भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा हमला गरेपछि यी दुई परमाणु राष्ट्र युद्धमा जाने हुन कि भनेर चिन्ता बढेको थियो।

पछिल्लो समय पाकिस्तान र भारतबीचको तिक्तताले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को शिखर सम्मेलन हुन सकेको छैन। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा हुने गरी तय भनिएको सार्कको १९औं शिखर सम्मेलन अनिश्चित छ।