अभिनेत्री नम्रता भन्छिन्, 'म विवाह नगरी बच्चा पाउन चाहन्छु'

अभिनेत्री नम्रता भन्छिन्, 'म विवाह नगरी बच्चा पाउन चाहन्छु'

काठमाडौं, २ साउन ।  
यतिबेला सामाजिक सञ्जालमा नायिका नम्रता सापकोटाले विवाह नगरी बच्चा पाउन चाहेको कुरा चर्चाको विषय भएको छ । 

अभिनेत्री सापकोटाले न्यूज २४ टेलिभिजनमा प्रशारण भएको 'इ-टक' कार्यक्रममा आफूले तत्कालको अवस्थामा विवाहको चाहना नभएको तर बच्चाको चाहना भएको बताएकी हुन् । 

अन्तवार्ताकारले अब विवाह गारौँ जस्तो लाग्छ कि लाग्दैन भनेर सोधेको प्रश्नमा प्रतिउत्तर दिदै अभिनेत्री सापकोटाले भन्छिन्, "मलाई त बच्चा पाउजस्तो लागेको छ, विवाह भन्दा पनि  । साच्चिकै भन्नुपर्दा बिहे चाहीँ होइने बरु एउटा बच्चा चाहीँ पाउने मन छ ।"  

 ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने पनि एउटा बच्चा चाहिँ पाउँछु होला ।’ अभिनेत्री सापकोटाले भनिन् ।

विवाह नगरी बच्चा पाउदा समाजले राम्रो नजरले हेर्दैन प्रश्नको जवाफ दिदै अभिनेत्री सापकोटाले भनिन्, 'समाज हामीले विस्तारै परिवर्तन गर्नपर्छ, विस्तारै परिवर्तन पनि हुदै छ ।'

सिंगल मम्को चलन पनि आउदै छ । कानुनत पनि आमाको माध्यमबाट बच्चा जन्माउन मिल्ने प्रावधान आइसकेको उनको दावी छ । 

भोलीका दिनमा आफ्नो विवाह होला नहोला त आफूलाई बच्चा पाउने रहर भएको उनले बताइन् ।