मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न ओली-दाहालबीच भेटवार्ता

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न ओली-दाहालबीच भेटवार्ता

१३ असोज, काठमाडौं । 
नेकपामा केही दिनएता मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि ठोस निर्णए भने हुन सकेको छैन् । 

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाल पटकपटक छलफलमा जुटेपनि मन्त्रिपरिषद् पुनर्गठनमा कस्लाई राख्ने र कस्लाई हटाउने सहमति नजुट्दा वार्ता असफल बनिरहेको छ ।   

मन्त्रिपरिषद् पुनर्गठनमा ठोस निर्णय निकाल्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि ओली दाहालबीच सोही विषयमा छलफल भइरहेको जनाइएको छ। 

 

मन्त्रिपरिषद् पुनर्गठनमा किन जुटेन सहमति

प्रचण्डले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई  सरकारमा लैजान चाहेका छन् भने ओली सकेसम्म नलैजाने मनसायमा छन् । प्रचण्ले उपाध्यक्ष वामदेव गौतमबारे परेको रिटमा सर्वोच्च अदालतले असोज १४ गते गर्ने सुनुवाइका आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएका छन्। प्रचण्डको अडानलाई झलनाथ खनाल र माधव नेपालले पनि साथ दिइरहेका छन्।

प्रधानमन्त्री ओलीले टुक्रयाइएका र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न कुरामा जोड दिएका छन् भने प्रचण्ड दुई वर्ष पुगेका मन्त्रीसमेत हटाएर सन्देश जानेगरि मन्त्रिपरिषद् पुनर्गठनमा जोड दिएकाले पुनर्गठनको कुरा नमिलेको स्रोतको दाबी छ।