रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा

रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा
तस्विर सौजन्य : Naya Bato

फागुन १, काठमाडौं । सरकारले रोजगार सिर्जनाको उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ। 

बुधवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको शुभारम्भ गरेका हुन्। ओलीले नेपाली जनताको स्तर वृद्धि, समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न यो कार्यक्रम ल्याइएको बताए।  कार्यक्रमअन्तर्गत सरकारले बेरोजगार नागरिकलाई न्यूनतम सय दिन रोजगारी दिनेछ। 

उक्त कार्यक्रमको उद्देश्य भनेको सरकारले एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी दिन नसके १ सय दिनकै निर्वाह भत्ता दिने योजनासहित शुभरम्भ गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाअनुसार परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारको मापदण्डभन्दा थोरै वार्षिक आय भएका परिवार र परिवारको कुनै सदस्य स्वरोजगार नभएको अवस्थामा तथा परिवारका एकजना पनि सदस्य वैदेशिक रोजगारीमा नगएको अवस्थामा सरकारले निर्वाह भत्ता दिने घोषणा गरिएको छ।