सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेबापत सन्दिपलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’

सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेबापत सन्दिपलाई ‘ब्रेकथ्रु स्टार अवार्ड’

फागुन १४, काठमाडौं । गत सिजनको  क्यारेबियन प्रिमियर लिग सिपिएल मा उत्कृष्ट प्रदर्शन गरेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले  ‘ब्रेकथ्रु स्टार’को अवार्ड हात पारेका छन् । 

गत सिजन आइपिएलमा दिल्लीका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए। 

सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्टइन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) रहेका छन् ।