आर्मी बन्यो झापा गोल्डकपको च्याम्पियन

आर्मी बन्यो झापा गोल्डकपको च्याम्पियन
तस्विर सौजन्य : facebook (Nawayug Shrestha)

फागुन २७, काठमाडौं । 

विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटवलको च्याम्पियन बनेको छ । 

सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५-३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीको जितमा  सन्तोष तामाङले फ्री किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यत्तिगत २ गोल गर्दा  क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस् र भिक्टोरले गोल गरेपनि टिमलाई कप दिलउन भने सकेनन् ।

उपाधि चुमे सँगै आर्मीले नगद १२ लाख ५५ हजार सहित ट्रफी हात परेको छ । उपविजेतामानै सिमित झापा ११ ले नगद ६ लाख ५ हजारमा चित्त बुझाएको छ । 

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । चौथो पटक फाइनलमा पुगेको  झापा ११ ले हालसम्म उपाधि हात पार्न सकेको छैन ।