निशान र मेलिनाको ‘सालघारीमा’ सार्वजनिक

निशान र मेलिनाको ‘सालघारीमा’ सार्वजनिक

काठमाडौं, ६ भदौं । 
गायक निशान भट्टराई र चर्चित गायिका मेलिना राईको आवाजमा “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले अभिनय गरेका छन्।

म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। दुर्गा बान्तावा राई र मनोज राईको छायांकन,राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन्। 

दक्षिणकाली फर्पिङ, काठमाडौं लगायतको रमणीय क्षेत्रमा छायांकन उक्त गीतका भिडियो छायाँकंन गरिएको हो ।