मिस नेपाल २०२२ का लागि आवेदन खुल्यो, यसरी दिन सकिन्छ घरबाटै आवेदन

मिस नेपाल २०२२ का लागि आवेदन खुल्यो, यसरी दिन सकिन्छ घरबाटै आवेदन

६ वैशाख, काठमाडौं । 
'मिस नेपाल २०२२' का लागि आवेदन खुल्ला गरिएको छ।

मिस नेपालको आयोजक  द हिडन ट्रेजरले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

प्रतियोगितामा भाग लिनका लागि सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिनेछ ।

मिस नेपालमा भाग लिनका लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने छ । अडिसन काठमाडौं, धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । 

हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार चार गते ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।

काठमाडौंमा वैशाख ९ देखि २७ गतेसम्म अडिसन हुने आयोजकले जानकारी दिएको छ।