घोडाबाट लडेका कर्णालीका मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगियो

घोडाबाट लडेका कर्णालीका मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगियो

सुर्खेत , २२ कार्तिक । 
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग  सुर्खेत लगिएको छ । 

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट शनिबार बेलुका साढे ५ः०० बजे सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

सिमकोटबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो । उनी चढेको घोडा तर्सिदा लडेर घाइते भएको घटनास्थलमा भएका नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।