फैलदो कोरोना संक्रमण: थप २४२८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

फैलदो कोरोना संक्रमण: थप २४२८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, ९ वैशाख। देशभर पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ पीसीआर परीक्षण गर्दा  २४२८ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा  सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएसँगै जेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ५२ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या २ लाख ७६ हजार ३४ सय ५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमित १२ हजार ६ सय ९० छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।

आज काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९ सय ८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।