बुटवलमा एकदिन छ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

बुटवलमा एकदिन छ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

बुटवल, २० वैशाख ।
बुटवलमा पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा विभिन्न विभिन्न जिल्लामा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

बुटवलमा पछिल्लो २४ घण्टामा रुपन्देहीका ३ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तु १ जनार  र सल्यानका १ जना गरी ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवलका ८४ वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ६५ वर्षीय पुरुष तथा कपिलवस्तुको शिवराज का ४३ वर्षीय पुरुष, अर्घाखाँचीको धातिबाङका ७५ वर्षीय पुरुष र सल्यानका ४३ वर्षीय पुरुष रहेका छन्।