कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्न सरकारले १० फिल्ममा लगानी गर्ने

कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्न सरकारले १० फिल्ममा लगानी गर्ने

काठमाडौं, १२ साउन । 
कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्न सरकारले १० फिल्ममा लगानी गर्ने भएको छ । 

चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष ०७८/७९ देखि पाँचवटा फिचर र पाँचवटा छोटो फिल्म गरी जम्मा दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ जानकारी दिएको छ । 

मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले गत वर्ष नै स्टोरी बैंक स्थापना गरेको विकास बोर्डले  यसअघि तीन फिचर र तीन छोटो फिल्ममा  गर्दै आएको  सह-लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको हो ।