क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ

क्वारेन्टाइनमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ
प्रतिकात्मक तस्वीर

जेठ ३२, टीकापुर  । 
कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफ्नो बलत्कार गरेको जाहेरी दिएपछि महिलामाथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लम्कीले तीन जनालाई पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया पीडित महिला जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालयको क्वारेनटाइनमा बस्दै आएकी थिइन ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् ।