आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर मनाईदै

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपेर मनाईदै

१७ असार, काठमाडौं । 
असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजैबाट चतुर्मास व्रत सुरु हुन्छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम मानिन्छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी हरिबोधनी एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास छ ।