लगातार दोस्रो पटक बंगलादेशले पायो साफ च्याम्पियनसिप आयोजनाको जिम्मा

लगातार दोस्रो पटक बंगलादेशले पायो साफ  च्याम्पियनसिप आयोजनाको जिम्मा

भदौ ३१, काठमाडौं । 

 

दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप–२०२० आयोजनाको जिम्मा बंगलादेशले पाएको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरमा बसेको साफ कङ्ग्रेसको बैठकले सेप्टेम्बर  २०२० मा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको बंगलादेशी पत्रिका दि डेली स्टारले उल्लेख गरेको छ ।

साफका अध्यक्ष काजि सलाहुद्दीनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सन् २०१८ को साफ च्याम्पियनसिप पनि बंगलादेशले नै आयोजना गरेको थियो ।

अघिल्लो सिजनमा माल्दिभ्सले  साफको उपाधि उचालेको थियो । उक्त प्रतियोगितामा नेपाली टोली सेमिफाइनलसम्म पुगेको थियो ।