ठूलो पर्दामा डेब्यु गर्दै रुबीना, ‘अर्ध’ मा अनुबन्धित

ठूलो पर्दामा डेब्यु गर्दै रुबीना,  ‘अर्ध’ मा अनुबन्धित

काठमाडौं, २८ साउन ।
टेलिभिजन रियालिटी शो ‘बिग बोस १४’ की विजेता तथा टेलिभिजन अभिनेत्री रुबीना दिलैक चाँडै नै ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन्। 

आफ्नो अभिनयका कारण सानो पर्दामा चर्चा पाइरहेकी यी अभिनेत्री बलिउड फिल्ममा पहिलोपटक पाइला चाल्न लागेकी हुन् ।

संगीतकार पलाश मुच्छलले आफ्नो फिल्म ‘अर्ध’का लागि रुबीनालाई अभिनेत्रीका रुपमा अनुबन्धित गरिसकेका छन् । पलाशको यो निर्देशनमा पहिलो फिल्म हुनेछ । फिल्ममा हितेन तेजवानी र राजपाल यादवको पनि अभिनय रहनेछ । फिल्म सेप्टेम्बर २०२१ बाट फ्लोरमा जानेछ ।

रुबीनाले सन् २००८ मा टेलिभिजन शो ‘छोटी बहु’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक उनले ‘सास बिना ससुराल’, ‘जिनी और जूजू’, ‘देवों के देव महादेव’ और ‘पुनर्विवाह– एक नई उम्मीद’ जस्ता टेलिभिजन शोमा अभिनय गरिन् ।