कलाकार खगेन्द्र दम्पतीलाई पुत्री लाभ

कलाकार खगेन्द्र दम्पतीलाई पुत्री लाभ

काठमाडौं, २ भदौं । 
नेपाली फिल्मी क्षेत्रमा रुचाइएका अभिनेता तथा लेखक खगेन्द्र लामिछाने दम्पतीलाई पुत्री लाभ भएको छ । 

बुधवार बिहान उनकी श्रीमति रोजिना सिटौलाले  छोरीलाई जन्म दिएकी हुन् ।

खगेन्द्रले छोरीको तस्वीर सामाजिक सञ्जालमा राख्दै ‘यो दुनियाँमा स्वागत छ छोरी’ लेख्दै खुसी साटेका छन् ।

अभिनेता खगेन्द्रकी श्रीमति रोजिना आफैंमा निर्मात्री हुन् । उनले ‘पशुपति प्रसाद’ र ‘धनपति’मा लगानी गरेकी थिइन् ।