रामकृष्ण ढकालको स्वरमा 'तिमी मेरी हुन सकिनौ'

रामकृष्ण ढकालको स्वरमा 'तिमी मेरी हुन सकिनौ'

काठमाडौं, २० साउन । 
गायक रामकृष्ण ढकालको स्वर रहेको तिमी मेरी हुन सकिनौ बोलको गीत सार्वजनिक भएको छ । 

नरेश प्रधानको शब्द रहेको गीतको दिपक शर्माले संगीत दिएका छन् । 

दुई प्रेमीको माया झल्किएको गीतमा मोडल करुणा श्रेष्ठ र निराजन प्रधानको अभिनय रहेको छ । 

मनोज राजभण्डारीले निर्देशन गरेको उक्त गीत र्‍याथम कडेलले ऐरेन्ज गरेको हुन् ।