आस्थाको ‘यानी माया’ बजारमा

आस्थाको ‘यानी माया’  बजारमा

काठमाडौं, ५ कार्तिक । 
गायिका आस्था राउतले  ‘यानी माया’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

लोक र पपको फ्युज रहेको उक्त गीत शुक्रवार म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सुरेश अधिकारीले शब्द तथा संगीत भरेका छन् भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।

भिडियोमा कविताका साथै गौरव विष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको छ ।

यसअघि आस्थाको   ‘नाकैमा फुली’, ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ लगायतले गीतले राम्रो चर्चा कमाएका थिए ।