थ्री नेसन्स कप विजेता खेलाडीलाई एन्फाले जनही एक लाख पुरस्कार दिने

थ्री नेसन्स कप विजेता खेलाडीलाई एन्फाले जनही एक लाख  पुरस्कार दिने

काठमाडौं, १७ चैत ।  
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । 

एन्फाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एकरएक गोल गरेका थिए। 

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए। 

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्याे भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।