सैनामैनामा आधरभुत स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु

सैनामैनामा आधरभुत स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु

१८ बैशाख, सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ मा वडा स्तरिय आधारभूत शहरी स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु भएको छ ।

नगरको वडा नं. ९ स्थित बासँगढिमा बन्ने ४ कोठे भवनको निर्माणको काम सुरु भएको हो ।

वडा नं. ९ का वडा अध्यक्ष डोलराज भण्डारीले बुधबार भवनको शिल्यनाश गर्नु भएको हो । कर बाहेक ३९ लाख लागतमा बन्ने स्वास्थ्य केन्द्रको ४ कोठे भवन यो आर्थिक वर्षमा निर्माणको काम सम्पन्न हुने वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ ।

"अहिले प्रगती आमा समुहको भवनबाट २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी सहित स्वास्थ्य केन्द्रको सेवा सञ्चालन भइरहेको छ", वडा अध्यक्ष भण्डारीले बताउनुभयो, "अब बिकास निमार्ण कार्यमा लागेका छौ, यो आर्थिक वर्षमा भवन निर्माणको काम सम्पन्न गरी स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने छौँ ।"

स्थानीय कामदार , आवशिय ब्यवस्थापन , समाजिक दुरि कायम गरी, स्थानीय श्रोत साधनको उपलब्धताका आधारमा अन्य विकास निर्माणका कामहरु सुरु गरिने वडाध्यक्ष भण्डारी बताउनुभयो ।