ट्रेन्डिङमा पूजा र आकाश अभिनित 'धर्ती आकाश'

ट्रेन्डिङमा पूजा र आकाश अभिनित 'धर्ती आकाश'

काठमाडौं, ४ साउन । 
केहि सातायता चर्चामा रहेको जोडी हो नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ को । विभिन्न समयमा विभिन्न कारणले चर्चामा आइरहने पुजा यसपटक भने आकाशसँगको सम्बन्धका कारण चर्चामा रहेकी छिन् । केहि दिनयता यो जोडी टाढीएका समाचारहरु आइरहेका छन् । 

यता सम्बन्ध चिसीएर चर्चामा आइरहेको यो जोडीले अभिनय गरेको गीत 'धर्ती आकाश' पनि यतिबेला चर्चामा छ । 

मुस्ताङ र धम्पुसमा छायांकन भएको गीतको भिडियोमा पूजा र आकाशको जोडीको उपस्थितिले पनि गीतलाई चर्चामा ल्याएको हो। 

दुर्गा खरेल र रोशन अधिकारीको स्वरमा शुक्रबार साँझ सार्वजनिक गीतको भिडिओ युट्युबमा छोटो समयमा एक नम्बर बन्न सफल भएको हो।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेका गीतमा पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय गरेका छन् । 

गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ।  यो सामाग्री तयार पार्दासम्म साढे १४ भन्दा बढीपटक हेरिएको छ ।    

उत्सव दाहालको छायांकनमा बनेको गीतमा संगीत संयोजन रिदम कँडेलले गरेका छन्।

https://www.youtube.com/watch?v=WuDJwR-WoCU