‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुदै, विजेताले साढे दुई लाख पुरस्कार पाउने

‘म केही गर्छु’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुदै,  विजेताले साढे दुई लाख पुरस्कार पाउने

काठमाडौं, ४ असार ।
राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’शीर्षकमा ‘एनवाइएफ सर्ट फिल्म कम्पिटिसन–२०७८’ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट पठाइसक्नुपर्नेछ ।

यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । 

फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।

प्राप्त फिल्म मध्य उत्कृष्ट तीन फिल्मलाई आयोजकले पुरस्कारको पाउने छ । पहिलो हुने फिल्मले दुई लाख ५० हजार, दोस्रो हुने फिल्मले एक लाख ५० हजार र तेस्रो हुने फिल्मले एक लाख रुपैंया जित्न सक्ने आयोजकले जनाएको छ ।

निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इन्गेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ।